Aadarsh-Daily

अपहरण अभियोगमा वीरगंजबाट नाबालकसहित चार जना पक्राउ

ad-4p

पर्साको कलैया उपमहानगरपालिका–१८ का सुधीरप्रसाद साहलाई अपहरण गरेको अभियोगमा एक नाबालकसहित चार जना पक्राउ परेका छन् ।

content ad p2
content left

जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी सुवास भट्टले अपहरणमा परेका साहको वीरगञ्ज महानगर–१२ मुर्लीको एक घरबाट अस्ति मङ्गलवार राति उद्धार गरेको जानकारी दिनुभयो ।

त्यस्तै उहाँले अपहरणमा संलग्न रिकेशकुमार र राजन गुप्ता तथा सखुवाप्रसौनी गाउँपालिकाका सिकेन्द्र साहलाई पक्राउ गरिएको बताउनुभयो । हिरासतमा रहेका नाबालकको विवरण भने सार्वजनिक गरिएको छैन ।

पर्सा जिल्ला अदालतबाट हिजो शरीर बन्धकसम्बन्धी कसूरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

एमालेको राष्ट्रिय सभामा सचेतक बनिन् रोशनी मेचे

Aadarsh Daily

बहुदरमाई–८ मा रास्वपाको प्रथम वडा भेला सम्पन्न, ओम पाण्डे सर्वसम्मत सभापति चयन

Aadarsh Daily

आज मन्त्रिपरिषद् बैठक, बालेनले बोलाए सिंहदरबारमा

Aadarsh Daily