Aadarsh-Daily

भारतको केदारनाथ धामको ढोका आजदेखि खुल्यो

ad-4p

भारतको उत्तराखण्डमा रहेको केदारनाथ धामको ढोका आज बिहानदेखि खुलेको छ । यसका लागि भक्तजनको यात्राका क्रममा आवश्यक सबै सुरक्षाका उपायहरू अपनाइएको अधिकारीहरूले बताएका छन् ।

content ad p2

भक्तजनको सुरक्षा आफूहरूको प्राथमिकता भएको भारतीय प्रहरीले बताएका छन् । ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन भएका छन् ।

केदारनाथ धामको ढोकाका रुपमा १३ क्विन्टल फूलले भगवान केदारनाथ मन्दिरलाई सजाइएको भारतीय सञ्चार माध्यमले बताएका छन् ।

content left

बाबा केदारनाथको मूर्ति हिजो केदारनाथ धाममा आइपुगेपछि आज बिहान ७ बजेदेखि भक्तजनका लागि मन्दिरको ढोका खुल्ला गरिएको हो ।

यसैबीच, सन् २०२५ को श्री केदारनाथ धाम यात्राका लागि उत्तराखण्डको सोनप्रयागबाट हेलिकप्टर सेवा शुरू भएको छ ।

दैनिक २० देखि ३० उडान सञ्चालन गर्ने भन्दै यसबाट १५० भन्दा बढी तीर्थयात्रीलाई सेवा दिने तयारी छ ।

दैनिक १५० को हाराहारीमा हेलिकप्टरमार्फत् केदारधाम यात्राका लागि अनलाइन बुकिङ हुने गरेको र एक महिनाका लागि अग्रिम बुकिङ खुला रहेको खबरमा उल्लेख छ ।

सम्बन्धित खबर

एमालेको राष्ट्रिय सभामा सचेतक बनिन् रोशनी मेचे

Aadarsh Daily

बहुदरमाई–८ मा रास्वपाको प्रथम वडा भेला सम्पन्न, ओम पाण्डे सर्वसम्मत सभापति चयन

Aadarsh Daily

आज मन्त्रिपरिषद् बैठक, बालेनले बोलाए सिंहदरबारमा

Aadarsh Daily