Aadarsh-Daily

सिरहामा एक युवकमाथि खुकुरी प्रहार, तीन जना पक्राउ, मुख्य व्यक्ति फरार

ad-4p

सिरहामा एक युवकमाथि खुकुरी प्रहार भएको छ । लहान नगरपालिका–३ स्थित दंग्राहा टोलमा मोटरसाइकलले छोएको निहुँमा विवाद हुँदा स्थानीय २७ वर्षीय देवकुमार महतोमाथि खुकुरी प्रहार भएको हो ।

content ad p2

प्रहरीका अनुसार, यो घटना गत बुधबारको हो । स्थानीय जिवछ महतोका छोरा २१ वर्षीय मनिष महतोले चलाइरहेको मोटरसाइकल स्थानीय नथुनी महतोका छोरा देवकुमारलाई छोएको थियो । त्यसपछि भनाभन हुँदै विवाद भएको थियो ।

content left

अहिले सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा एक समूहले देवकुमारमाथि कुटपिट गरिरहेको र एक जनाले खुकुरी प्रहार गरिरहेको देखिन्छ । उक्त भिडियोमा देवकुमारमाथि कुटपिट र खुकुरी प्रहार गर्नेहरू जिवछकै परिवारका सदस्य रहेको प्रहरीले जनाएको छ ।

यस घटनामा संलग्न तीन जना अहिले प्रहरी हिरासतमा छन् । पीडित पक्षबाट आएको ज्यान मार्ने उद्योगको जाहेरीका आधारमा जिवछसहित उनकी श्रीमती ६० वर्षीया सीतादेवी महतो र छोरा मनिषलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लहानका डीएसपी कैलाश राईले बताए ।

तर, खुकुरी प्रहार गर्ने जिवछका छोरा १९ वर्षीय मुकेश महतो भने अझै फरार छन् । उनको खोजी कार्य भइरहेको डीएसपी राईले जनाए । यता, कुटपिट तथा खुकुरी प्रहारबाट घाइते भएका देवकुमारको विराटनगरस्थित विराट नर्सिङ होममा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार, उनको टाउको, घाँटी, ढाडसहित शरीरका विभिन्न भागमा चोट लागेको छ । उनको स्वास्थ्य अवस्था भने खतरामुक्त भइसकेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

सर्पदंशपछि प्रादेशिक अस्पतालबाट रेफर गरिएका युवकको मृत्यु

Aadarsh Daily

पत्रपत्रिका प्रकाशनमा सप्तरी अगाडि, पर्सा दोस्रो

Aadarsh Daily

स्वास्थ्य कार्यक्रममा सखुवा प्रसौनी पर्सामै उत्कृष्ट

Aadarsh Daily