Aadarsh-Daily

खाेलाकाे बाढीले बस बगायाे

ad-4p

उदयपुरको त्रियुगा खोलामा आएको बाढीले एउटा बस बगाएको छ । चौदण्डीगढी नगरपालिका– ६ मा गएराति खोला तर्ने क्रममा बस फसेको थियो ।

content ad p2
content left

आज बिहान खोलामा बाढी आउँदा को १ ख ४७५३ नम्बरको बस बगाएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) केदार माङडोङले जानकारी दिनुभयो । बसलाई बाढीले फसेको ठाउँबाट केही परसम्म पुर्‍याएको थियो ।

बसमा चालक ईश्वर खत्री र सहचालक मात्रै थिए । उनीहरू बस फसेपछि राति नै निस्किएका हुँदा सुरक्षित रहेका प्रहरीले जनाएको छ । त्रियुगा खोलाको पुल भत्किएको हुँदा त्यहाँ डाइभर्सन बनाइएको थियो । बस हिजो सप्तरीमा जन्ती पुर्‍याएर बेल्टार फर्किने क्रममा थियो ।

चौदण्डीगढी–६ सिवाई र बेल्हा जोड्ने त्रियुगा नदीमा हरेक वर्ष नागरिकले सास्ती खेप्दै आएका छन् । त्रियुगा नदीमा बनेको पुल उद्घाटन नहुँदै भत्किएको थियो ।

सम्बन्धित खबर

एमालेको राष्ट्रिय सभामा सचेतक बनिन् रोशनी मेचे

Aadarsh Daily

बहुदरमाई–८ मा रास्वपाको प्रथम वडा भेला सम्पन्न, ओम पाण्डे सर्वसम्मत सभापति चयन

Aadarsh Daily

आज मन्त्रिपरिषद् बैठक, बालेनले बोलाए सिंहदरबारमा

Aadarsh Daily