Aadarsh-Daily

भारत र पाकिस्तानबीचको तनावप्रति नेपाल सचेत रहनुपर्नेमा सांसदहरूको जोड

ad-4p

प्रतिनिधिसभाको आजकाे बैठकमा सांसदहरूले भारत र पाकिस्तानबीच विकसित पछिल्लो तनाव र नेपाललाई पार्नसक्ने प्रभावबारे सचेत रहनुपर्नेमा जोड दिएका छन् ।

content ad p2

सांसद सञ्जयकुमार गौतमले भारत–पाकिस्तान युद्धले नेपालमा पर्ने प्रभावहरूका बारेमा समयमै छलफल अघि बढाउन सरकारसँग अनुरोध गर्नुभयो । यस्तै सांसद सर्वेन्द्रनाथ शुक्लाले नेपाल असंलग्न राष्ट्रका रूपमा रहँदै आएको तर आतङ्कवादको सम्बन्धमा नेपालले आफ्नो प्रष्टता हुन आवश्यक रहेको बताउनुभयो ।

content left

पूर्वपरराष्ट्रमन्त्रीसमेत रहनुभएका एनपी साउदले पनि यो विषयमा सरकार गम्भीर हुन आवश्यक रहेको बताउनुभयो । उहाँले केही दिनअघि पाकिस्तानी सैनिकले नेपाल भ्रमण गरेको विषयमा समेत उचित नरहेको बताउनुभयो । छिमेकमा भएको घटना र विकसित परिस्थितिलाई नजरअन्दाज गर्दै पाकिस्तानको उच्चस्तरीय सैनिक प्रतिनिधिमण्डलकाे नेपाल भ्रमण भएको उहाँको भनाइ छ ।

सांसद अमरेशकुमार सिंहले पनि पाकिस्तानको उच्चस्तरीय सैनिकमण्डलकाे नेपाल भ्रमण अहिले उपयुक्त बेला नभएको बताउनुभयो । सरकारले भने गएराति शुरू भएको भारत–पाकिस्तान युद्धबारेमा आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैन ।

गएको अप्रिल २२ तारिखमा भारत प्रशासित जम्मु–कश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणपछि भारत र पाकिस्तानबीच तनाव बढेकोमा गएराति गोलाबारी नै शुरू भएको छ ।

सम्बन्धित खबर

धोबिनीमा वृद्धाको हत्या र डाँका प्रकरणमा तीन जना पक्राउ

Aadarsh Daily

पूर्वप्रधानन्यायाधीश जबरा आफन्तको जिम्मा लगाइए

Aadarsh Daily

लालबकैया नदीमा बेपत्ता युवकको शव २७ घण्टापछि भेटियो

Aadarsh Daily