Aadarsh-Daily

भ्रष्ट्राचारको पैसा सिंगापुरबाट सरकारले नै ल्याउन नचाहेको अख्तियार प्रमुख राईको खुलासा

ad-4p

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचारबाट आर्जन गरेर विदेशमा लुकाएको सम्पत्ति फिर्ता ल्याउन सरकारले सहयोग नगरेको बताउनुभएको छ ।

content ad p2
content left

राष्ट्रियसभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजकाे बैठकमा प्रमुख आयुक्त राईले भ्रष्टाचारबाट आर्जन गरेर सिङ्गापुर, अमेरिका र युरोपमा लुकाइएको सम्पत्ति नेपाल फर्काउन दोस्रो पक्ष सहमत भए पनि सरकारले नचाहेकाे बताउनुभएकाे हाे । उहाँले भ्रष्टाचारबाट आर्जन गरेर विदेशमा राखिएको सम्पत्ति फिर्ता गर्न सांसदहरूलाई आग्रहसमेत गर्नुभयो । यस सम्बन्धमा काम गर्न सरकारले कार्यदल गठन गरे पनि द्रुत गतिमा काम नगरेको उहाँको गुनासो छ ।

प्रमुख आयुक्त राईले अख्तियार अनुसन्धानमा राजनीतिक दबाव र प्रभाव नरहेको दाबी गर्नुभयो । उहाँले आफूले कार्यकाल सम्हालेपछि कुनै पनि शीर्ष नेतृत्वबाट मुद्दा चलाउनू/नचलाउनू भनी दबाव नआएको बताउनुभयो । उहाँले भ्रष्टाचार र अनियमिततामा संलग्न ठूलो नेक्सस भएकाहरूमाथि अनुसन्धान गरिएको दाबी गर्नुभयो । भ्रष्टाचारमा संलग्न कर्मचारीहरूले माथिल्लो तहको संलग्नताबारे मुख खोल्ने नगरेका कारण अनुसन्धान प्रभावित हुने गरेको राईको भनाइ छ ।

प्रमुख आयुक्त राईले भ्रष्टाचार अब देशभित्र मात्र सीमित नभई अन्तर्राष्ट्रियकरण भइसकेको उल्लेख गर्नुभयो । उहाँले भ्रष्टाचारमा संलग्न हुने गैरआवासीय नागरिकहरूको सङ्ख्या उल्लेख्य मात्रामा रहेको दाबी गर्नुभयो ।

सम्बन्धित खबर

धोबिनीमा वृद्धाको हत्या र डाँका प्रकरणमा तीन जना पक्राउ

Aadarsh Daily

पूर्वप्रधानन्यायाधीश जबरा आफन्तको जिम्मा लगाइए

Aadarsh Daily

लालबकैया नदीमा बेपत्ता युवकको शव २७ घण्टापछि भेटियो

Aadarsh Daily