Aadarsh-Daily

मानव सेवा आश्रममा फलफुल विरण गरेर ने.शि संघ पर्साले मनायो स्थापना दिवस

ad-4p

नेपाल शिक्षक संघको ३६ औँ स्थापना दिवसको अवसरमा नेपाल शिक्षक संघ पर्साले मानव सेवा आश्रममा फलफुल वितरण गरेको छ । वीरगंजस्थित आश्रममा आश्रित वृद्धवृद्धा आमाबाबुलाई फलफुल वितरण गरी स्थाना दिवस मनाईएको नेपाल शिक्षक संघ पर्साका सचिव सुरेन्द्र प्रसाद यादवले जानकारी गराउनुभयो ।

content ad p2
content left

नेपाल शिक्षक संघ पर्साका अध्यक्ष प्रदिप कुमार जैसवालको अध्यक्षता र नेपाल शिक्षक संघका संघीय उपमहा सचिव तिर्थराज यादवको प्रखु आतिथ्यतामा सम्पन्न भएको फलफुल वितरण कार्यक्रममा नेपाल शिक्षक संघ मधेश प्रदेशका उपाध्यक्ष मोहनलाल प्रसाद कुर्मी , नेपाल ट्रेड युनियन कांग्रेस मधेश प्रदेशका सहसचिव अशोक कुमार साह , नेपाल शिक्षक संघ पटेर्वा सुगौलिका सहसचिव देवेन्द्र प्रसाद साह लगायतको सहभगिता रहेको थियो ।

स्थापना दिवसकै अवसरमा आज साँझ नेपाल शिक्षक संघ पर्साले वीरगंजको घण्टाघर चोकमा दिप प्रज्वलन गर्ने संघीय उपमहासचिव तिर्थराज यादवले जानकारी दिनुभयो ।

सम्बन्धित खबर

बहुदरमाई–८ मा रास्वपाको प्रथम वडा भेला सम्पन्न, ओम पाण्डे सर्वसम्मत सभापति चयन

Aadarsh Daily

आज मन्त्रिपरिषद् बैठक, बालेनले बोलाए सिंहदरबारमा

Aadarsh Daily

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily