Aadarsh-Daily

निर्माण कम्पनीले नै सरकारसंग ठेक्का रद्द गरेको समाचार सार्वजनिक

ad-4p

निर्माण कम्पनिले नै सडक बिभागसंग आफ्ना ठेक्का सम्झौता रद्द गरेको समाचार सार्वजनिक भएको छ । कंचनपुरको महेन्द्र नगरस्थित महाकाली नदीमा दोधारा-चाँदनी क्षेत्र पुलको निर्माण गर्ने ठेक्का पाएका निर्माण कम्पनिले नै सडक बिभागसंग सम्झौता रद्द गरेको हो।

content ad p2
content left

निर्माण कम्पनि कुमार श्रेष्ठ सीएफईसी जेभीले तीन अर्ब २७ करोड ९३ लाखको लागतमा तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी पुलको ठेक्का पाएर २०७४ भदौमा काम सुरु गरेको थियो । तर तीनपटक थपिएको म्याद सकिए पनि अझै ५ प्रतिशत काम सकिएको छैन अर्थात निर्माण कम्पनीले ९५ प्रतिशतसम्म काम सम्पन्न गरिसेको छ ।

निर्माण कम्पनी कुमार श्रेष्ठ सीएफईसी जेभीले २ किलोमिटर सडक , ८ सय मिटर लम्बाई पूल र ९८ हजार ७ सय घनमिटर ढुङ्गा जालीको काम गर्ने भनेर सडक बिभागसंग २०७४ सालमा ठेक्का सकार गरेको थियो । सकार गरेको काम मध्ये ५ प्रतिशत सकाउन बाकि रहेको भएपनि निर्माण कम्पनिले २०८२ बैशाख २१ गते सरकारसंग ठेक्का सम्झौता रद्द गरेको हो ।

निर्माण कम्पनीका अनुसार सरकारले उच्च प्राथमिकतामा राखेको भनिएको उक्त आयोजनाका लागी बजेट उपलब्ध नगराउदा काम गर्न कठिनाई भएको थियो । पुल निर्माणको काम समयमै सम्पन्न नहुँदा आवागमनको सास्ती अझै हटेको छैन र स्थानीय निराश भएका छन ।

सम्बन्धित खबर

बहुदरमाई–८ मा रास्वपाको प्रथम वडा भेला सम्पन्न, ओम पाण्डे सर्वसम्मत सभापति चयन

Aadarsh Daily

आज मन्त्रिपरिषद् बैठक, बालेनले बोलाए सिंहदरबारमा

Aadarsh Daily

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily