Aadarsh-Daily

मधेशमा मानवताको अपहरण : एक व्यक्तिलाई सुँगुरको खोरमा हालेर कुटपिट

ad-4p

वीरगंज – मधेश प्रदेशको सर्लाही जिल्लामा एकजना व्यक्तिमाथि अमानवीय घटना भएको छ । जिल्लाको पर्सा गाउँपालिका वडा नम्बर ५ बस्ने तश्लिम अन्सारीको मानवाधिकार हनन गर्दै उनीमाथि चरम अत्याचार भएको छ ।

content ad p2

सामान्य विवादमा उनलाई सुँगुरको खोरमा हालेर कुटपिट गरिएको घटना सार्वजनिक भएको हो । उनले आफ्ना छोरीको बिबाहका लागी गहना बनाउन स्थानीय सुनचाँदी व्यवसायी कहाँ गएका थिए । त्यही बेला उनि र सुनचाँदी व्यवसायी राजेन्द्र साहसंग विवाद भएको थियो ।

content left

घटना शनिबार बिहान १० बजेको हो । सामान्य विवाद पछी सुनचाँदी व्यवसायी राजेन्द्र साहले केहि व्यक्तिलाई ल्याएर तश्लिमलाई लगी सुँगुरको खोरमा बन्धक बनाएका थिए ।

सुँगुरको खोरमा थुनेर राजेन्द्र साहले आफ्ना वुवालाई निर्घात कुटपिट गरेको उनका छोरा कौशर अन्सारीले बताएका छन । घटनाको बारेमा थाह भए लगतै जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट घट्नास्थलमा पुगेको प्रहरीको टोलीले ६ जनालाई पक्राउ गरेको छ ।

सर्लाहीका प्रहरी नायव उपरीक्षक सरोज राईका अनुसार तश्लिम अन्सारी , महम्मद अन्सारी , राजेन्द्र साह सोनार , कमलेश साह सोनार , राहुल कुमार महतो र पप्पु कुमार यादवलाई पक्राउ गरी अनुसन्धान हुदै छ ।

सुँगुरको खोरमा हालेर कुटपिट गरिएको अन्सारीको भिडियो अहिले सामाजिक सञ्जालमा भाईरल हुदैछ भने हेर्नेले दोषीलाई कारवाहीको माग गर्दै छन ।

सम्बन्धित खबर

बहुदरमाई–८ मा रास्वपाको प्रथम वडा भेला सम्पन्न, ओम पाण्डे सर्वसम्मत सभापति चयन

Aadarsh Daily

आज मन्त्रिपरिषद् बैठक, बालेनले बोलाए सिंहदरबारमा

Aadarsh Daily

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily