
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

गैरकानूनी लाभ तथा हानि पुर्याई भ्रष्टाचार गरेकोसम्बन्धी आरोपपत्र आज विशेष अदालतमा दायर गरेको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो । मुद्दामा आयोगले पौडेल र तत्कालीन सहायक निर्देशक रमेश पोखरेलसहित पाँच जना र एक कम्पनीलाई पनि प्रतिवादी बनाएको छ ।
आर्थिक वर्ष २०७५/७६ मा केन्द्रबाट विभिन्न उपकरण खरिदमा पाँच करोड ७९ लाख भ्रष्टाचार गरेको पुष्टि भएपछि त्यहीअनुसार बिगो मागदाबीसहित मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।

