Aadarsh-Daily

धनुषामा खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको ज्यान गयो

ad-4p

धनुषाको कमला नगरपालिका–२ मा निर्माणाधीन सडकको खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको ज्यान गएको छ ।

content ad p2
content left

कमला नगरपालिका–२ सराबे टोलका रामबाबु साहका सात वर्षीय छोरा रितिक साह र उहाँकै भाइ श्यामबाबु साहका पाँच वर्षीय छोरा रितिश साहकोे डुबेर ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

कृषि बाटोको छेउमा रहेको खाल्डोमा जमेको पानीमा डुबेर हिजो दिउँसो दुवै जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक बरुणबहादुर सिंहले बताउनुभयो ।

हिजो घरबाट खेल्न निस्केका दाजुभाइ अबेरसम्म नफर्किएपछि खोजतलास गर्ने क्रममा खाल्डोमा तैरिरहेको अवस्थामा शव फेला परेको थियो ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily