Aadarsh-Daily

भारतमा कोरोना सक्रिय, नेपालमा सीमास्तरीय सतर्कता

ad-4p

भारतको बिहार राज्यको राजधानी पटनामा कोरोना संक्रमण पुनः सक्रिय बन्दै गएको छ। पछिल्लो २४ घण्टामा ६ जना नयाँ संक्रमित फेला परेपछि त्यहाँ सक्रिय संक्रमितको संख्या ९ पुगेको छ। संक्रमितहरूमा एम्स पटनाकी महिला चिकित्सक, दुई नर्स र एक कर्मचारी रहेका छन्।

content ad p2
content left

सङ्क्रमणको तीव्र फैलावटले सीमावर्ती क्षेत्रहरूमा पनि जोखिम बढाएको छ। विशेष गरी वीरगञ्ज–रक्सौल नाकालाई संक्रमण प्रवेशको सम्भावित मार्ग मानिँदै उच्च सतर्कता अपनाइएको छ।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार वीरगञ्जका प्रमुख सीमा नाकाहरूमा स्वास्थ्य परीक्षण कडा पारिएको छ। जिल्ला सुरक्षा समिति बैठक बसेर आवश्यक तयारी तीव्र पारिएको छ।

स्वास्थ्य विज्ञहरूले दैनिक आवतजावत हुने रक्सौल नाकालाई विशेष निगरानीमा राख्न सुझाव दिएका छन्। संक्रमणको जोखिम न्यूनीकरणका लागि सीमा क्षेत्रमा स्वास्थ्य प्रोटोकल प्रभावकारी रूपमा कार्यान्वयन गर्न स्थानीय प्रशासन सक्रिय देखिएको छ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily