Aadarsh-Daily

सर्लाहीमा आगलागीबाट ४ वर्षीया बालिकाको मृत्यु

ad-4p

सर्लाही, हरिपुर नगरपालिका–१ हजारबिघामा आगलागीबाट एक चार वर्षीया बालिकाको मृत्यु भएको छ। हरेराम महतोकी छोरी लक्ष्मीकुमारी महतो चुल्होमा खेल्ने क्रममा आगोले लागेको थियो।

content ad p2
content left

इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक निरन्जन भट्टराईका अनुसार, बालिका जेठ १५ गते बिहान आफ्नै घरमा कुँडो पकाउने चुल्हो नजिक खेलिरहेका बेला आगोले कम्मर पछाडि भागमा गम्भीर चोट पुर्‍याएको थियो। उनलाई तत्काल नगर अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि कीर्तिपुरको बर्न अस्पतालमा लैजाने प्रयास गरिएको थियो।

तर, उपचारकै क्रममा गएराति बालिकाको मृत्यु भएको छ। प्रहरी घटनाको थप अनुसन्धान गरिरहेको छ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily