Aadarsh-Daily

वातावरण दिवसअन्तर्गत शारदा मा.वि. र प्रकृति सेवा प्रतिष्ठान नेपालको सरसफाइ जनचेतना कार्यक्रम सम्पन्न

ad-4p

वातावरण दिवस २०८२ को अवसरमा प्रकृति सेवा प्रतिष्ठान नेपाल र श्री शारदा माध्यमिक विद्यालयको संयुक्त आयोजनामा सोमबार तेस्रो दिन घरदैलो सरसफाइ तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

content ad p2

“आजको सरसफाइ – एक जनचेतना अभियान” नारासहित सम्पन्न कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष सरदार जसपाल सिंह, विद्यालयका प्रधानाध्यापक अनिल वर्णवाल, सहसचिव अभिनाश झा, सदस्यहरू तथा कक्षा ९ र १० का विद्यार्थीहरूको उल्लेखनीय सहभागिता थियो।

content left

विद्यालयदेखि सुगौली बिर्तासम्मको बजार, टोल, पसल, घर छेउछाउ सफा गर्दै सहभागी टोलीले सरसफाइको महत्वबारे स्थानीयलाई जानकारी गराएको थियो। कार्यक्रमको क्रममा विद्यार्थीहरूले व्यंग्य र हास्यमार्फत वातावरणप्रतिको चेतना फैलाएका थिए।

सहसचिव अभिनाश झाका अनुसार पाँच दिने कार्यक्रमको उद्देश्य वातावरणप्रति जिम्मेवारी र सम्मान अभिवृद्धि गर्नु हो।

अध्यक्ष सिंहले सरसफाइमा स्थानीयको सहभागिता प्रेरणादायक रहेको बताउँदै, सहभागी सम्पूर्ण शिक्षक, विद्यार्थी र सदस्यप्रति आभार व्यक्त गरेका थिए।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily