Aadarsh-Daily

बारामा २१२ किलो गाँजासहित पिकअप गाडी र चार जना पक्राउ

ad-4p

बारा, जेठ १४ – बारा प्रहरीले ठूलो मात्रामा गाँजा बरामद गर्दै एक पिकअप गाडी र चार जनालाई नियन्त्रणमा लिएको छ। शनिबार साँझ गरिएको प्रहरीले चेकजाँचको क्रममा गाँजा लुकाएर ल्याउँदै गरेका व्यक्तिहरू पक्राउ परेका हुन्।

content ad p2

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार प्रदेश ०३–०१–०२४ च ४६३० नम्बरको सेतो रंगको पिकअप गाडीमा २१२ किलो ९२८ ग्राम गाँजा जस्तो देखिने पदार्थ फेला परेको हो। उक्त गाडी धानको भुषमा गाँजा लुकाएर हेटौंडाबाट प्रसौनी गण्डकतर्फ ल्याइँदै थियो।

content left

पक्राउ परेका व्यक्तिहरूमा मकवानपुरको थाहा नगरपालिका–४ तालुङका २८ वर्षीय गाडी चालक रबि कार्की, थाहा नगरपालिका–१२ टिसटुङका ४६ वर्षीय बिरबहादुर गोले, हेटौंडा उपमहानगरपालिका–१४ का २३ वर्षीय साजन मुक्तान, र धादिङको थाक्रे गाउँपालिका–७ आपसीचोकका ३१ वर्षीय महेश तामाङ रहेका छन्।

विशेष सूचनाको आधारमा चेकजाँच गरिएको प्रहरीको भनाइ छ। प्रहरी निरीक्षक खेमप्रसाद नेपालको कमाण्डमा इलाका प्रहरी कार्यालय सिमरा र प्रसौनी बाराबाट खटिएको संयुक्त प्रहरी टोलीले बाराको परवानीपुर गाउँपालिका–५, बहुअरीस्थित गण्डक नहर सडकखण्डमा चेकप्वाइन्ट राखी पिकअप गाडी जाँच गरेको थियो।

हाल नियन्त्रणमा लिइएका व्यक्तिहरूमाथि लागुऔषध सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) विजय राज पण्डितले जानकारी दिएका छन्।

सम्बन्धित खबर

धोबिनीमा वृद्धाको हत्या र डाँका प्रकरणमा तीन जना पक्राउ

Aadarsh Daily

पूर्वप्रधानन्यायाधीश जबरा आफन्तको जिम्मा लगाइए

Aadarsh Daily

लालबकैया नदीमा बेपत्ता युवकको शव २७ घण्टापछि भेटियो

Aadarsh Daily