Aadarsh-Daily

आमाको नामबाट नागरिकता पाउने विधेयक पारित : नेविसंघद्वारा मैनबत्ती बालेर स्वागत

ad-4p

सन्तानले आमाको नामबाट नागरिकता पाउने व्यवस्था गरिएको विधेयक संसदबाट पारित भएको खुशीयालीमा बिरगंजको घण्टा घरमा मैनबत्ती बालेर स्वागत कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम नेवी संघका नेता कृष पटेलको अध्यक्षतामा सम्पन्न भएको हो।

content ad p2

नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सुरेन्द्र लामिछाने प्रमुख अतिथि तथा नेपाली कांग्रेसका जिल्ला सदस्य रामनिवास यादव विशिष्ट अतिथिको रूपमा उपस्थित थिए। त्यस्तै, युवा नेता रामबाबु यादवसहित विभिन्न सामाजिक तथा राजनीतिक व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

content left

कार्यक्रममा बोल्दै वक्ताहरूले आमाले जन्म दिएकै सन्तानलाई नागरिकता दिन बाबुको नाम अनिवार्य बनाइएकामा गम्भीर आपत्ति जनाउँदै नयाँ विधेयकले हजारौं आमाहरूको पीडामा मलम लगाउने काम गरेको बताएका छन् । अबदेखि बाबु बेपत्ता, मृत्यु भइसकेको, वा नागरिकता दिन असहयोग गरेको अवस्थामा पनि आमाको नामबाटै नागरिकता प्राप्त गर्न सकिनेछ।

विदेशमा कार्यरत महिलाहरूका सन्तानको हकमा समेत यो विधेयकले ठुलो राहत दिएको आयोजकहरूको भनाइ थियो। विदेशमै सन्तान जन्माएर नेपाल फर्किएकाहरूलाई अब आमाकै घोषणामार्फत अंगीकृत नागरिकता दिने व्यवस्था गरिएको छ।

कार्यक्रम अन्त्यमा उपस्थित सबैले विधेयकको सफल कार्यान्वयनको कामनासहित मैनबत्ती बालेर दीप प्रज्वलन गरेका थिए।

सम्बन्धित खबर

धोबिनीमा वृद्धाको हत्या र डाँका प्रकरणमा तीन जना पक्राउ

Aadarsh Daily

पूर्वप्रधानन्यायाधीश जबरा आफन्तको जिम्मा लगाइए

Aadarsh Daily

लालबकैया नदीमा बेपत्ता युवकको शव २७ घण्टापछि भेटियो

Aadarsh Daily