Aadarsh-Daily

धनुषामा घरायसी विवादका कारण वृद्धको हत्या, ज्वाइँ फरार

ad-4p

जनकपुरधाम, असार १८ – धनुषामा एक वृद्धको आफ्नै ज्वाइँको छुरा प्रहारबाट हत्या गरिएको छ। जनकपुरधाम उपमहानगरपालिका–१५ कुवारामपुरका ६५ वर्षीय वासुदेवप्रसाद विमलको हत्या भएको हो।

content ad p2
content left

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार विमललाई जनकपुरधाम–२१ कुर्था निवासी ४८ वर्षीय ज्वाइँ बेचन महासेठले आज बिहान करीब १० बजे घरमै छुरा प्रहार गरेका थिए।

प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता वरुणबहादुर सिंहका अनुसार जग्गासम्बन्धी घरायसी विवादका कारण चक्कु प्रहार गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। पेटमा छुरा लागेर गम्भीर घाइते भएका विमललाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पुर्याइएको थियो, तर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

हत्या गरिएका विमलका ज्वाइँ बेचन महासेठ घटनापछि फरार रहेको र उनको खोजी कार्य तीव्र पारिएको प्रहरीको भनाइ छ। घटनासम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily