
बाराको कलैया उपमहानगरपालिका–१० मटिअर्वामा एक युवाले धारिलो हतियार प्रयोग गरी आफ्नै श्रीमतीको हत्या गरेका छन्।

स्थानीय ३५ वर्षीय बच्चा मियाँले सामान्य घरायसी विवादपछि २३ वर्षीया पत्नी सहिना खातुनलाई मासु काट्ने दाउले टाउको, घाँटीलगायत शरीरका विभिन्न भागमा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।
प्रहरी नायब उपरीक्षक (डीएसपी) विजयराज पण्डितका अनुसार घटनास्थलमै सहिनाको मृत्यु भएको हो। हत्या अभियुक्त बच्चा मियाँलाई नियन्त्रणमा लिइ अनुसन्धान अगाडि बढाइएको उनले जानकारी दिए।
घटना पछि स्थानीय क्षेत्रमा त्रास फैलिएको छ भने प्रहरीले घटनास्थलको मुचुल्का उठाएर थप विवरण संकलन गरिरहेको जनाएको छ। हत्या किन र कसरी भयो भन्ने विषयमा विस्तृत अनुसन्धान जारी रहेको छ।

