Aadarsh-Daily

पर्सामा विकास खर्चमा सुस्तता, आर्थिक वर्ष सकिन लाग्दा पनि ४२ प्रतिशत मात्र खर्च

ad-4p

आर्थिक वर्ष सकिन डेढ साता मात्रै बाँकी रहँदा पर्सामा विकास बजेटको झन्डै ४२ प्रतिशत मात्र खर्च भएको छ। कोष तथा लेखा नियन्त्रक कार्यालय पर्साका अनुसार, साउनदेखि असार १८ गतेसम्म जिल्लाका विकास निर्माणसँग सम्बन्धित कार्यालयहरूले ४१.७४ प्रतिशत मात्र पुँजीगत बजेट खर्च गरेका छन्।

content ad p2

कुल २ अर्ब ७५ करोड ८३ लाख रुपैयाँमध्ये १ अर्ब ३४ करोड ४१ लाख रुपैयाँ मात्रै खर्च भएको हो। संघीय सरकार मातहतका प्रमुख निर्माण कार्यालयहरू खर्चमा पछि परेका छन्।

content left

सबैभन्दा धेरै बजेट रहेको सघन सहरी तथा भवन निर्माण आयोजनाले १ अर्ब ३५ करोडमध्ये ४१ करोड मात्र खर्च गरेको छ। हुलाकी राजमार्ग कार्यालयले ३१ करोडमध्ये १९ करोड, संघीय खानेपानी तथा ढल आयोजनाले ४५ करोडमध्ये २१ करोड, र नारायणी सिँचाइ डिभिजनले १७ करोडमध्ये १० करोड मात्रै खर्च गरेका छन्।

जिल्लाको चालु बजेट ११ अर्ब ५ करोडमध्ये ८८.४३ प्रतिशत खर्च भएको छ, जसमा तलब, भत्ता र अनुदान खर्च हुने गर्छ।

सूचना अधिकृत बसन्त गुरागाईंका अनुसार, रकमान्तर बजेट ढिला भित्रिँदा खर्च प्रभावित भएको हो। असार २५ सम्म मात्र बजेट खर्च गर्न पाइने प्रावधान रहेकोले जिल्लाले ५०–५५ प्रतिशतसम्म मात्र विकास बजेट खर्च गर्न सक्ने अनुमान गरिएको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily