Aadarsh-Daily

वीरगञ्ज सडक विस्तारको विरोधमा आज बजार बन्दको आह्वान

ad-4p

त्रिभुवन रमापथ अन्तर्गत गण्डकदेखि मितेरी पुलसम्मको मुख्य सडक विस्तारका क्रममा वीरगञ्ज महानगरपालिकाले शुरु गरेको संरचना हटाउने कार्यको विरोधमा स्थानिय घरधनीहरूले शुक्रबार बिहान बजार बन्दको आह्वान गरेका छन्।

content ad p2

वीरगञ्ज बचाउ संघर्ष समिति र वीरगञ्ज युवा तथा व्यापारी सडक पीडित संघर्ष समितिको संयुक्त बैठक बिहीबार राणीसती धर्मशालामा बसेर उक्त निर्णय गरिएको हो। समितिले शुक्रबार बिहानदेखि ११ बजेसम्म वीरगञ्ज बजार बन्द गर्नका लागि व्यापारी तथा सर्वसाधारणसँग आग्रह गरेको छ। साथै विरोधस्वरूप मेनरोडका हरेक घरमा कालो झण्डा राख्ने निर्णय पनि गरिएको छ। वीरगञ्ज बचाउ संघर्ष समितिका अध्यक्ष जवाहर गुप्ताले बैठकको निर्णय सार्वजनिक गर्दै संरचना भत्काउने कार्य तत्काल रोक्न माग गरेका छन्।

content left

यसअघि पीडित पक्षले मंगलबार जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई ज्ञापनपत्र बुझाउँदै तोडफोड कार्य तत्काल स्थगन गर्न आग्रह गरेका थिए।

महानगरपालिकाले भने सर्वोच्च अदालतको आदेशअनुसार सार्वजनिक बाटो अतिक्रमण मुक्त गर्न सडक विस्तार कार्य प्रारम्भ गरिएको स्पष्ट पारेको छ। सोमबारदेखि वीरगञ्ज भन्सार क्षेत्रबाट सुरू गरिएको सडक विस्तार अभियान अन्तर्गत डोजर प्रयोग गरी सडक क्षेत्रभित्र पर्ने संरचनाहरू हटाइँदै आएको छ।

तर पीडित घरधनीहरूको आरोप छ कि महानगरले आफ्नो अधिकार क्षेत्र भन्दा बाहिर गएर निजी सम्पत्तिमा धावा बोलिरहेको छ। उनीहरूले डोजर अभियान तत्काल रोक्न माग गर्दै कानुनी तथा जनस्तरमा संघर्ष जारी राख्ने चेतावनी दिएका छन्।

सम्बन्धित खबर

धोबिनीमा वृद्धाको हत्या र डाँका प्रकरणमा तीन जना पक्राउ

Aadarsh Daily

पूर्वप्रधानन्यायाधीश जबरा आफन्तको जिम्मा लगाइए

Aadarsh Daily

लालबकैया नदीमा बेपत्ता युवकको शव २७ घण्टापछि भेटियो

Aadarsh Daily