
बर्मिङ्घममा जारी दोस्रो टेस्टमा भारतीय कप्तान शुभमन गिलले इङ्ल्यान्डविरुद्ध पहिलो पारीमा २६९ रनको ऐतिहासिक इनिङ खेल्दै नयाँ कीर्तिमान बनाएका छन्।
यो रन टेस्ट क्रिकेटमा भारतीय कप्तानले बनाएको अहिलेसम्मकै उच्च व्यक्तिगत स्कोर हो। यसअघि सन् २०१९ मा विराट कोहलीले २५४ रन बनाएका थिए।

गिलको २६९ रन एशियाबाहिर भारतीय ब्याटरले बनाएको सर्वाधिक रन हो। यसअघि सन् २००४ मा सचिन तेन्दुलकरले सिड्नीमा २४१ रन बनाएका थिए।
इङ्ल्यान्डमा दोहोरो शतक बनाउने गिल तेस्रो भारतीय हुन्। यसअघि सुनिल गाभस्कर र राहुल द्रभिडले मात्रै यस्तो उपलब्धि हासिल गरेका थिए।
कप्तानका रूपमा पहिलो दुई टेस्टमा शतक बनाउने गिल सातौं खेलाडी बनेका छन्। साथै, टेस्ट र एकदिवसीय क्रिकेट दुवैमा दोहोरो शतक बनाउने पाँचौँ खेलाडीसमेत बनेका छन्।

