Aadarsh-Daily

वीरगञ्ज–रक्सौल मैत्री पुलबाट भारत छिर्न खोज्ने बङ्गलादेशी नागरिक पक्राउ

ad-4p

वीरगञ्जलाई भारतीय सहर रक्सौलसँग जोड्ने मैत्री पुलबाट शुक्रवार एक बङ्गलादेशी नागरिक पक्राउ परेका छन् । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले बङ्गलादेशको कुम्मीला, ढाका निवासी अन्दाजी ५० वर्षीय सैयद इकबाल अहमदलाई नियन्त्रणमा लिएको हो ।

content ad p2
content left

नेपालको बाटो प्रयोग गरी भारत प्रवेश गर्ने प्रयासमा रहेका अहमदसँग आवश्यक वैध कागजात नभेटिएपछि उनलाई पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

पक्राउ परेपछि उनलाई अनुसन्धानका लागि रक्सौलस्थित अध्यागमन कार्यालयमा राखिएको छ । प्रारम्भिक अनुसन्धानमा अहमदले भिसा बिना नै भारत प्रवेश गर्न खोजेको पुष्टि भएको छ ।

घटनापछि सीमामा सुरक्षा जाँच कडा पारिएको भारतीय अधिकारीहरूले जनाएका छन् ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily