Aadarsh-Daily

स्पेन भ्रमणले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि अभिवृद्धि भयाे : प्रधानमन्त्री

ad-4p

प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्त’ (फाइनान्सिङ फर डेभलपमेन्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा आफ्नो सहभागिताले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि अभिवृद्धि भएको दाबी गर्नुभएको छ ।

content ad p2

प्रतिनिधिसभाको आजको बैठकमा आफ्नो स्पेन भ्रमणको उपलब्धिबारे जानकारी गराउँदै प्रधानमन्त्री ओलीले सम्मेलनमा आफ्नो सहभागिताले नेपालको छवि उँचो हुनुका साथै नेपालको वैदेशिक सम्बन्ध तथा राष्ट्रसङ्घसँगको सहकार्य अझ मजबुत बनाउन सहयोग पुगेको बताउनुभएकाे हाे ।

content left

प्रधानमन्त्रीले सन् २०२६ मा नेपाल अतिकम विकसित देशबाट स्तरोन्नतिमा पुग्ने तयारीमा रहेको भन्दै सहयोगको आह्वान गरेको पनि बताउनुभयो । उहाँले भ्रमणबाट वैदेशिक र राष्ट्रसङ्घसँगको सम्बन्ध सुदृढ हुनुका साथै अतिकम विकसित देशको विकासकोपक्षमा पैरवी भएको उल्लेख गर्नुभयाे ।

प्रधानमन्त्री ओलीले सम्मेलनका अवसरमा अतिकम विकसित राष्ट्रहरूको समूहको बैठकलाई अध्यक्षतासहित सम्बोधन, विभिन्न साइलाइड वार्ता र गोलमेच सम्मेलनमा आफ्नो नेतृत्व, वकालत प्रतिबद्धताबारे सदनलाई जानकारी गराउनुभयो ।

उहाँले खानेपानी तथा सरसफाइ अभियानमा नेपालको सहभागिता घोषणा तथा सम्मेलनमा आयोजित विश्व ऐक्यबद्धतामा लगानी सम्मेलनमा सहभागी र सम्बोधन गरेको पनि बताउनुभयाे ।

सम्बन्धित खबर

धोबिनीमा वृद्धाको हत्या र डाँका प्रकरणमा तीन जना पक्राउ

Aadarsh Daily

पूर्वप्रधानन्यायाधीश जबरा आफन्तको जिम्मा लगाइए

Aadarsh Daily

लालबकैया नदीमा बेपत्ता युवकको शव २७ घण्टापछि भेटियो

Aadarsh Daily