Aadarsh-Daily

फलामे गेटको थिचाइबाट फत्तेपुरमा ४ वर्षीय बालकको मृत्यु

ad-4p

सप्तरी — सप्तकोशी नगरपालिका–१, फत्तेपुरमा फलामको गेटले थिचिँदा एक बालकको ज्यान गएको छ। बिहीबार साँझ आफ्नै घरअगाडि खेलिरहेका स्थानीय सञ्जीव कटुवालका चार वर्षीय छोरा समरजंग कटुवालको गेट लडेर थिचिँदा गम्भीर घाइते भएका थिए।

content ad p2
content left

घटनापछि उनलाई तत्कालै स्थानीय फत्तेपुर क्लिनिकमा पुर्‍याइएको थियो। त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि विराटनगरस्थित विराट टिचिङ अस्पताल लगिएकोमा चिकित्सकहरूले मृत घोषणा गरेका हुन्।

बालकको शव पोस्टमार्टमका लागि पठाइएको छ। घटनाको सम्बन्धमा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिएका छन्।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily