Aadarsh-Daily

धनुषामा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

ad-4p

धनुषा — धनुषाको मिथिला बिहारी नगरपालिका–४ रमौलमा मोटरसाइकल दुर्घटनामा परेर एक युवकको मृत्यु भएको छ। दुर्घटनामा हंसपुर नगरपालिका–४ मधुकरीका ३० वर्षीय उदय राउतको ज्यान गएको हो।

content ad p2
content left

शनिबार राति रमौलबाट ललियातर्फ जाँदै गरेको मधेस प्रदेश–०२–००५ प ८८४२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका राउतलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको थियो। तर उपचारको क्रममा उनको निधन भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

दुर्घटनाको कारण खुल्न बाँकी रहेको र यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily