Aadarsh-Daily

जिराभवानी–१ बलुवा टोलमा भीषण आगलागी, तीन घर पूर्ण रूपमा जलेर नष्ट

ad-4p

पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–१, बलुवा टोलमा गए राति भएको भीषण आगलागीमा तीन घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्।

content ad p2

राति करिब ११ बजे स्थानीय शेषनाथ मुखिया बिनको घरमा लामखुट्टे धपाउन बालिएको धूपबाट सल्किएको आगोले नजिकैका जितेन्द्र मुखिया बिन र सनोज मुखिया बिनका घरहरूमा समेत फैलिँदा ठूलो क्षति पुगेको हो।

फुसको घर भएका कारण आगो चाँडै फैलिँदा घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाँडाकुँडा, गरगहना र शेषनाथको किराना पसल पूर्ण रूपमा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले जनाएको छ।

content left

प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार आगो राति १:३० बजेतिर पूर्ण रूपमा नियन्त्रणमा आएको हो। आगो नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासीहरू सक्रिय भएर जुटेका थिए।

यस घटनामा मानवीय क्षति नभए पनि प्रारम्भिक अनुमान अनुसार ठूलो आर्थिक क्षति भएको बताइएको छ।

घटनापछि जिराभवानी गाउँपालिकाका पूर्व वडा अध्यक्ष शेख नुमान आजम बिहानै पीडितहरूको घरमै पुगेर चामल, दाल, नुन, तेल लगायत अत्यावश्यक राहत सामग्रीहरू वितरण गरेका छन्। उनले पीडितप्रति सहानुभूति व्यक्त गर्दै थप राहतका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

स्थानीय तह, प्रहरी प्रशासन तथा सामाजिक अगुवाहरूको समन्वयमा राहत तथा पुनःस्थापनाका कार्य अघि बढाइएको जनाइएको छ। असहज अवस्थामा रहेका पीडित परिवारहरूलाई थप सहयोग आवश्यक भएको सरोकारवालाहरूले बताएका छन्।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily