
मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश झा ‘अहिराज’लाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जिल्ला अदालत काठमाडौँले जारी गरेको छ ।
बुधबार जिल्ला अदालतका न्यायाधीश पिताम्बर शर्माको इजलासले बलात्कार आरोपमा पक्राउ परेका अहिराजलाई थुनामा राखेर मुद्दाको प्रक्रिया अघि बढाउन आदेश दिएको हो ।

पूर्वप्रमुख अहिराज साउन ४ गते बलात्कारको आरोपमा पक्राउ परेका थिए । एक महिलाले उनीविरुद्ध उजुरी दिएकी थिइन् । प्रहरी अनुसन्धानपछि सरकारी वकिल कार्यालय काठमाडौँले अदालतमा मुद्दा दायर गरेको हो ।
यता, राजेश झाले भने आफू निर्दोष भएको दाबी गर्दै ती महिलाविरुद्ध उजुरी दर्ता गराएका छन् ।
हाल दुबै पक्षका उजुरीमा कानुनी प्रक्रिया अगाडि बढिरहेको छ ।

