Aadarsh-Daily

बहुदरमाई नगरमा सार्वजनिक स्रोत साधनको दुरुपयोग, उपप्रमुखको गाडी निजी प्रयोजनमा प्रयोग

ad-4p

बहुदरमाई नगरपालिकामा सार्वजनिक सम्पत्ति र स्रोत साधनको चरम दुरुपयोग भएको तथ्य फेला परेको छ। नगरपालिकाकी उपप्रमुख शुष्मा कुशवाहाले प्रयोग गर्दै आएकी सरकारी गाडी (ना १ झ १६७१) लाई व्यक्तिगत प्रयोजनका लागि प्रयोग गरिएको पाइएको छ।

content ad p2

स्रोतका अनुसार उपप्रमुख कुशवाहाको परिवारद्वारा सञ्चालित निजी मेसिनरी पसलको सामग्री ढुवानी गर्न उक्त गाडी प्रयोग हुँदै आएको छ। सरकारी कामका लागि विनियोजित गाडी व्यक्तिगत व्यावसायिक कार्यमा प्रयोग हुनु गम्भीर विषय हो भने स्थानीय सरकारप्रतिको जनविश्वासमा समेत आँच आउने कार्य हो।

content left

स्थानीयवासीहरूले यस विषयमा कडा आलोचना गरेका छन्। “नगर प्रमुख, उपप्रमुख र जनप्रतिनिधिले नै सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्न थालेपछि अन्य कर्मचारीबाट जवाफदेहिताको अपेक्षा कसरी गर्न सकिन्छ?” एक स्थानीयले प्रश्न उठाए।

सार्वजनिक स्रोतको पारदर्शी र जिम्मेवार उपयोग गर्नुपर्ने कानूनी र नैतिक जिम्मेवारी बोकेको पदाधिकारीबाट यस्तो लापरवाही हुनु निन्दनीय मात्र होइन, अनुसन्धान र कारवाहीको विषय समेत हो। स्थानीय तहमा जनताबाट उठाइएको कर, अनुदान र बजेटमार्फत किनिएको सरकारी गाडीको यसरी निजी प्रयोग गर्नु सेवा प्रवाहभन्दा बढी स्वार्थपूर्तिमा केन्द्रित मानसिकताको उदाहरण हो।

अब सम्बन्धित निकाय तथा अनुगमन समितिहरूले तत्काल छानबिन थालेर दोषीमाथि आवश्यक कारबाही प्रक्रिया अघि बढाउनु आवश्यक देखिन्छ। जनताको विश्वास जित्नका लागि पारदर्शिता र जवाफदेहिता स्थापना नगरिकन स्थानीय शासन प्रणाली बलियो बन्न सक्दैन।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily