Aadarsh-Daily

सार्वजनिक विद्यालयका शिक्षक निजी स्कुलको प्रचारमा, नगर प्रमुख सिंह आक्रोशित

ad-4p

वीरगञ्ज — वीरगञ्ज महानगरपालिका–२२ स्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा कार्यरत सामुदायिक शिक्षक लक्ष्मण यादव निजी विद्यालयको प्रचारप्रसारमा संलग्न भएको आरोपमा विवादमा तानिएका छन्।

content ad p2
content left

शिक्षक यादवले वीरगञ्जमा हालै सम्पन्न एक छात्रवृत्ति वितरण कार्यक्रममा आफू आबद्ध निजी विद्यालयलाई “उत्कृष्ट” भन्दै खुलेआम प्रशंसा गरेपछि उनीमाथि आलोचना शुरु भएको हो। सामुदायिक विद्यालयको कर्मचारी भएर निजी संस्थाको पक्षमा बोल्नु गैरपेशागत व्यवहार भएको भन्दै नगर प्रमुख राजेशमान सिंहले कडा आपत्ति जनाएका छन्।

नगर प्रमुख सिंहले यादवको आचरणलाई “लज्जास्पद र अक्षम्य” भन्दै तत्काल स्पष्टीकरण माग्न निर्देशन दिएका थिए। सिंहको निर्देशनपछि वीरगञ्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले यादवलाई पाँच दिनभित्र स्पष्टिकरण बुझाउन पत्राचार गरेको छ।

महानगरले सो प्रकरणलाई गम्भीर रूपमा लिँदै आवश्यक अनुशासनात्मक कारबाही प्रक्रिया अघि बढाइसकेको जनाएको छ। सार्वजनिक पदमा रहेकाले निजी स्वार्थमा काम गर्नु शिक्षक सेवा आचारसंहिताविपरीत हुने भन्दै महानगरले यस घटनालाई उदाहरणीय कारबाहीका रूपमा लैजाने संकेत गरेको छ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily