Aadarsh-Daily

चेक बाउन्स प्रकरणमा माओवादी नेता शिवकुमार साह तेली पक्राउ

ad-4p

बैंकिङ कसुर मुद्दामा नेकपा माओवादी केन्द्रका स्थानीय नेता शिवकुमार साह तेलीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।

content ad p2

सखुवाप्रसौनी गाउँपालिका–६ लखनपुरका तेलीलाई बैंकिङ कसुर अन्तर्गत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी किशोर लम्सालले पुष्टि गरे।

तेलीले बैंक खातामा पर्याप्त रकम नभएको अवस्थामा १६ लाख ७५ हजार रुपैयाँ बराबरका दुई वटा चेक काटेर दिएकै आधारमा उनलाई पक्राउ गरिएको हो। चेक बाउन्स भएपछि क्रान्ति गुप्तासहित दुई जनाले प्रहरीमा जाहेरी दिएका थिए।

content left

एकजनालाई १० लाख र अर्को जनालाई ६ लाख ७५ हजार रुपैयाँको चेक दिएको तर दुवै चेक बैंकबाट बाउन्स भएपछि मुद्दा दर्ता भएको थियो।

प्रहरीका अनुसार पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी तेलीविरुद्ध आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको छ।

तेलीले २०७९ को प्रदेशसभा निर्वाचनमा नेपाल सुशासन पार्टीबाट पर्सा–३(क) मा उम्मेदवारी दिएका थिए। चुनावमा पराजित भएपछि उनी माओवादी केन्द्रमा प्रवेश गरेका थिए।

राजनीतिक प्रभावका भरमा गतिविधि गर्दै आएका तेली चेक बाउन्सजस्तो गम्भीर आर्थिक अपराधमा मुछिएपछि पर्सा राजनीतिमा तरंग उत्पन्न भएको छ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily