Aadarsh-Daily

कक्षा १२ को नतिजा सार्वजनिक, १३ हजारभन्दा बढीले ४.०० GPA ल्याए

ad-4p

राष्ट्रिय परीक्षा बोर्ड (NEB) ले आज सार्वजनिक गरेको कक्षा १२ को नतिजामा १३ हजारभन्दा बढी विद्यार्थीले उच्चतम ग्रेड ४.०० GPA ल्याएका छन्।

content ad p2

बोर्डका अनुसार कुल १३,५०२ जना विद्यार्थीले ४.०० GPA हासिल गरेका छन्। यस्तै, ३.६० देखि ३.९९ GPA ल्याउने विद्यार्थीको संख्या ५५,८९६ रहेको छ।

४.०० GPA ल्याउने विद्यार्थीहरू उत्कृष्ट ग्रेड मानिन्छन् भने ३.६० माथिको ग्रेडलाई समेत शैक्षिक दृष्टिले उत्कृष्ट मानिन्छ।

content left

त्यस्तै, ३.२० देखि ३.५९ GPA ल्याउने विद्यार्थीको संख्या ९४,२६८ रहेको छ। २.८० देखि ३.१९ GPA ल्याउने ६९,८१२ जना विद्यार्थी रहेका छन्।

यस्तै, २.५० देखि २.७९ GPA ल्याउने विद्यार्थीको संख्या ८,९६४ रहेको छ भने २.०० GPA मात्र ल्याउन सफल विद्यार्थी २३ जना मात्र रहेका छन्।

यस वर्षको नतिजामा कुल पास दर ६१.१७ प्रतिशत रहेको छ भने बाँकी ३८.८३ प्रतिशत विद्यार्थी ‘नन ग्रेडेड’ अर्थात् अनुत्तीर्ण भएका छन्।

राष्ट्रिय परीक्षा बोर्डले हालै सम्पन्न परीक्षामा ५ लाख ११ हजार ५२५ विद्यार्थी सहभागी भएको जानकारी दिएको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily