Aadarsh-Daily

भारत उत्तराखण्डको बाढीपहिरोमा १८ जना नेपाली सम्पर्कविहीन

ad-4p

भारतको उत्तराखण्ड राज्यमा गएको मङ्गलवार र बुधवार आएको बाढीपहिरोपछि जाजरकोटका १२ जना, बर्दियाका ५ जना र जुम्लाका १ जना गरी १८ जना सम्पर्कविहीन छन ।

content ad p2

मङ्गलवार आरिघोप्टे वर्षाका कारण उत्तरकाशी जिल्लाको धराली बजारमा बाढी आएको थियो भने बुधवार पौडीगढवालमा पहिरो खसेको थियो ।

ती ठाउँमा मजदुरी गर्न र स्याउ टिप्न गएका नेपालीहरु बाढीपहिरोमा परेर सम्पर्कविहीन भएको भन्दै खोजीको लागि समन्वय गर्न पालिकाहरुले सङ्घ सरकारसँग आग्रह गरेका छन् ।

जाजरकोटको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले विज्ञप्ति निकालेर १३ जनाभन्दा बढी बेपत्ता भएको बताउनुभएको छ ।

content left

कुशे गाउँपालिका वडा नम्बर २ का करिब १३ जनाभन्दा बढी र अरु वडाका केही व्यक्तिहरु पनि सम्पर्कमा नरहेकाले हराएको हुनसक्ने जानकारी सामाजिक सञ्जालमार्फत प्राप्त भएको विज्ञप्तिमा उल्लेख छ ।

हराएकाहरुको खोजी तथा उद्धारको लागि पालिकाले नेपाल सरकार, परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक पहल गरिदिनका लागि प्रदेश सरकार र सङ्घीय सरकारको ध्यानाकर्षण गराएको छ ।

यस्तै उत्तराखण्डको पौडी गढवाल नजिकै सिन्धु खोला किनारमा अस्ति बुधवार बिहान खसेको पहिरोमा परी बर्दियाका ५ जना नेपाली बेपत्ता भएका छन् ।

नयाँ दिल्लीमा रहेको नेपाली दूतावासले भारतीय पक्षसँग खोज तथा उद्धारको लागि समन्वय भइरहेको जनाएको छ । बाढी प्रभावित ठाउँमा उद्धारको काम भइरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily