Aadarsh-Daily

सर्लाहीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

ad-4p

सर्लाहीको बलरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।

content ad p2

शुक्रबार बलरा नगरपालिका–११ वडा कार्यालयनजिकै बिआर ३० के ४६९४ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेकी महिलालाई ठक्कर दिएको थियो।

content left

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते सोही स्थान बस्ने सहिब बैठाकी श्रीमती ५५ वर्षीया चन्दादेवी बैठाको उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनामा परी गम्भीर घाइते भएकी उनलाई अचलगढ अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार दुर्घटनामा मोटरसाइकल चालक सोही स्थानका ३५ वर्षका जितेन्द्र ठाकुरसमेत घाइते छन्।

उनको प्रादेशिक अस्पताल मलङ्गवा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए।

सम्बन्धित खबर

धोबिनीमा वृद्धाको हत्या र डाँका प्रकरणमा तीन जना पक्राउ

Aadarsh Daily

पूर्वप्रधानन्यायाधीश जबरा आफन्तको जिम्मा लगाइए

Aadarsh Daily

लालबकैया नदीमा बेपत्ता युवकको शव २७ घण्टापछि भेटियो

Aadarsh Daily