Aadarsh-Daily

नारायणी अस्पतालमा कैदीको मृत्यु, ढिलाइ र लापरवाहीको आरोपले चर्कायो विवाद

ad-4p

पर्सामा मंगलबार नारायणी अस्पतालमा उपचाररत एक कैदीको मृत्यु भएको छ। मृतक राहुल तुहाराको आफन्तहरूले प्रशासन र चिकित्सकमाथि लापरवाहीको आरोप लगाउँदै अस्पताल बाहिर प्रदर्शन गरेका छन्।

content ad p2
content left

जेल प्रशासनका अनुसार तुहारा बिहान जेलमै व्यायाम गर्ने क्रममा अस्वस्थ भएपछि उनलाई नारायणी अस्पताल ल्याइएको थियो। प्रारम्भिक उपचारपछि अस्पतालले आवश्यक सुविधा नभएको भन्दै अन्यत्र लैजान सिफारिस गरे पनि जेल प्रशासनले अनुमति नदिँदा उपचारमा ढिलाइ भएको र यही कारण मृत्यु भएको आफन्तहरूको दाबी छ।

अस्पताल प्रशासनले भने सक्दो उपचार गरिएको र थप उपचारका लागि तत्काल रेफर गर्न सुझाव दिएको बताएको छ। घटनापछि अस्पताल वरपरको सुरक्षा व्यवस्था कडा पारिएको छ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily