Aadarsh-Daily

जम्मु–कश्मीरको किश्तवाडमा आकस्मिक बाढीका कारण मृत्यु हुनेको संख्या ४५ पुग्यो

ad-4p

भारतको जम्मु–कश्मीरको किश्तवाड जिल्लामा भीषण वर्षापछि आएको आकस्मिक बाढीमा परी मृत्यु हुनेको संख्या ४५ पुगेको छ।

content ad p2
content left

बीबीसी हिन्दीका अनुसार मृतकमध्ये ३५ जनाको शव अस्पताल पुर्‍याइएको छ, जसमा ११ जनाको मात्र पहिचान भएको छ। बाढीमा परी एक सयभन्दा बढी घाइते भएका छन्। तीमध्ये ७० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

सुरक्षाकर्मीहरूलाई ६०–६० जनाको पाँच समूहमा विभाजन गरेर राहत तथा उद्धार कार्यमा खटाइएको छ। अधिकारीहरूले मृतक संख्या अझै बढ्न सक्ने आशंका व्यक्त गरेका छन्।

यो घटना हिजो बिहान करिब साढे ११ बजे किश्तवाडको चाशोती क्षेत्रमा आरीघोप्टे वर्षापछि आएको आकस्मिक बाढीका कारण भएको हो।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily