Aadarsh-Daily

सिद्धार्थ विद्यालयका शिक्षकलाई बचाउन सहयोगी हात अघि बढाऔं ।

ad-4p

वीरगन्ज-
सिद्धार्थ माध्यमिक विद्यालय,वीरगन्जका वरिष्ठ शिक्षक तथा सहायक प्रधानाध्यापक  प्रेमीशंकर रौनियार हाल मस्तिष्कघात (Brain Hemorrhage) का कारण गम्भीर अवस्थामा उपचाररत रहनुभएको छ। उहाँ जीवन–मरणको संवेदनशील परिस्थितिमा रहँदा विद्यालय परिवार, सहकर्मी शिक्षक–कर्मचारी, विद्यार्थी तथा आमजनमानस चिन्तित भएका छन्।

content ad p2

शिक्षण पेशामा आफ्नो जीवन समर्पित गर्दै हजारौं विद्यार्थीलाई ज्ञान, शिक्षा र संस्कार प्रदान गर्दै आउनुभएका रौनियारको यो कठिन घडीमा विद्यालय परिवारले उहाँको सिघ्र स्वास्थ्यलाभका लागि ईश्वरसमक्ष प्रार्थना गर्ने सबैमा आग्रह गरेको छ।

त्यसैगरी, उपचार खर्च ठूलो बोझ बन्दै गएको अवस्थामा विद्यालय परिवारले सक्दो आर्थिक सहयोग जुटाउने तथा सहयोगका लागि सम्पूर्ण शुभचिन्तक, पूर्वविद्यार्थी, अभिभावक र समाजका दयालु हातहरूसँग हार्दिक अपिल गरेको छ।

content left

सहयोगका लागि खाता विवरण

  • बैंकको नाम: Rastriya Banijya Bank (RBB)             

  • धोराहि साह-

  • खाता नम्बर: 1710100000014010

विद्यालयका अनुसार, “शिक्षक मात्र नभई मार्गदर्शक र प्रेरणाका स्रोतसमेत बन्नुभएका रौनियारलाई बचाउन सबै मिलेर सहकार्य गर्नु आजको साझा दायित्व हो।”

जोसुकैले आफ्नो सामर्थ्य अनुसार सयोग गर्न सक्नेछन्, जसले उहाँलाई जीवनदान दिने महान् पुण्यकार्यमा हातेमालो गर्ने अवसर पाउनेछन्।

सम्बन्धित खबर

क्टरबाट २ क्विन्टल १३ किलो गाँजा पर्सामा बरामद, तस्कर फरार

Aadarsh Daily

राजीनामा होइन, छिटो महाधिवेशनमा जान गगन थापालाई चन्द्र भण्डारीको सुझाव

Aadarsh Daily

जन्ती बोकेको कार गण्डक नहर नजिक दुर्घटना, चालकको मृत्यु

Aadarsh Daily