Aadarsh-Daily

भारतीय विदेश सचिव मिश्री र कांग्रेस सभापति देउवा बीच भेटवार्ता

ad-4p

नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।

content ad p2
content left

दुई दिने औपचारिक भ्रमणका क्रममा आइतबार काठमाडौँ आइपुगेका मिश्रीले बूढानीलकण्ठस्थित निवास पुगेर देउवासँग भेटवार्ता गरेका हुन् ।

भेटपछि सभापति देउवाले सामाजिक सञ्चाल फेसबुकमा लेखेका छन्- आज मेरो निवासमा भारतीय विदेश सचिव विक्रम मिश्रीलाई स्वागत गर्न पाउँदा खुशी लाग्यो । हाम्रो छलफल पारस्परिक विश्वास, सद्भावना र हाम्रो क्षेत्रमा समृद्धि र स्थिरताको लागि साझा आकांक्षामा निर्मित घनिष्ठ र बहुआयामिक नेपाल-भारत सम्बन्धलाई अझ सुदृढ पार्नमा केन्द्रित थियो ।

यसअघि मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतसँग भेटवार्ता गरेका थिए ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily