Aadarsh-Daily

पर्सामा ९८ प्रतिशत धान रोपाइँ सम्पन्न, ठोरीमा सबैभन्दा कम

ad-4p

लामो खडेरी र वर्षाको कमीका बाबजुद पर्सा जिल्लामा ९८ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। कृषि ज्ञान केन्द्रका अनुसार साउन ३० गतेसम्म बहुदरमाई, जीराभावानी, धोबिनी, पकहाँमैनपुर र विन्दवासिनी गाउँपालिकामा शतप्रतिशत रोपाइँ सम्पन्न भएको छ भने वीरगञ्ज महानगरपालिका र कालिकामाईमा ९९ प्रतिशत, ठोरी गाउँपालिकामा भने ९० प्रतिशत मात्र रोपाइँ भएको छ।

content ad p2
content left

किसानहरूका अनुसार वर्षा अभाव र बोरिङ सुविधा नहुँदा खेत चर्किएर रोपाइँ ढिलो भएको हो। यस वर्ष जिल्लामा करिब ३९–४० हजार हेक्टर क्षेत्रमा धान खेती गरिएको छ।

अब किसानहरू मलखादको जोहोमा चिन्तित छन्। कृषि ज्ञान केन्द्रले समयमै आपूर्ति गर्न स्थानीय तहसँग समन्वय भइरहेको जनाएको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily