
शनिबार विभिन्न स्थानमा खटिएको प्रहरी टोलीले भन्सार छली चोरी–पैठारी गरिएका सामान बरामद गरेको छ।

वडा प्रहरी कार्यालय विर्ताका अनुसार टोलीले लत्ता–कपडा, जुत्ता, किराना सामग्री, ड्राईफुडलगायतका सामान बरामद गरेको हो। बरामद गरिएका ती सामानहरूको खुद्रा मूल्य करिब रु. ८,७०,९८० बराबर हुने बताइएको छ।
उक्त सामानहरू आवश्यक कारबाहीका लागि आज पर्सास्थित वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको वडा प्रहरी कार्यालय विर्ताले जानकारी दिएको छ।


