Aadarsh-Daily

पर्सामा धान उत्पादन घट्ने अनुमान, किसान चिन्तित

ad-4p

यस वर्ष लामो खडेरी र ढिलो सुरु भएको मनसुनी वर्षाका कारण पर्सा जिल्लामा धान उत्पादन करिब २० प्रतिशतले घट्ने अनुमान गरिएको छ।

content ad p2
content left

कृषि ज्ञान केन्द्र पर्साका सूचना अधिकारी तथा बाली संरक्षण अधिकृत उमेश थापाका अनुसार समयमै रोपाइँ हुन नसक्नु र खेतमा पानीको अभाव हुनु उत्पादन घट्नुको मुख्य कारण हो।
“धान खेतीका लागि नियमित पानी अपरिहार्य छ, तर यस वर्ष लामो समयसम्म सुख्खा रहनु र ढिलो रोपाइँले उत्पादकत्वमा ठूलो असर पारेको छ,” उनले बताए। “खेतमा चिरा पर्नु र ढिलो रोपाइँका कारण ‘ब्लाष्ट’ जस्ता रोगको जोखिम समेत बढेको छ, जसले उत्पादन अझ घटाउन सक्छ।”

कृषि ज्ञान केन्द्रको तथ्यांकअनुसार पर्सामा ३७ हजार ७३१ हेक्टर क्षेत्रमा धान खेती हुने गर्छ। यस वर्ष हालसम्म ९८ प्रतिशत रोपाइँ सम्पन्न भए पनि आवश्यक पानी र अनुकूल मौसम नहुँदा उत्पादन घट्ने प्रक्षेपण गरिएको हो। गत वर्ष जिल्लामा करिब २ लाख ३३ हजार मेट्रिक टन धान उत्पादन भएको थियो।

मौसमको प्रतिकूलताले स्थानीय किसानहरूमा चिन्ता बढाएको छ। धान उत्पादनमा कमी आउँदा उनीहरूको जीविकोपार्जन मात्र नभई जिल्लाको अन्न आपूर्तिमा समेत असर पर्न सक्ने विज्ञहरूको भनाइ छ। समयमै सिँचाइ व्यवस्थापन र रोग नियन्त्रणका प्रभावकारी उपाय अपनाउन सके क्षति केही हदसम्म न्यूनीकरण गर्न सकिने सुझाव पनि विज्ञहरूले दिएका छन्।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily