Aadarsh-Daily

नारायणी अस्पतालमा भर्ना भएका ८ जना पखालाका बिरामी मध्ये ५ जनामा हैजा पुष्टि

ad-4p

नारायणी अस्पतालमा झाडा–पखालाका कारण भर्ना भएका बिरामीमध्ये हालसम्म ८ जनाको परीक्षण गर्दा ५ जनामा हैजा (कोलेरा) पुष्टि भएको छ।

content ad p2
content left

अस्पतालका वरिष्ठ फिजिशियन डा. उदय नारायण सिंहका अनुसार हैजा पुष्टि भएकामध्ये केही बिरामीको अवस्था गम्भीर देखिएको छ। विस्तृत विवरण दिउँसो २ बजे हुने अस्पतालको प्रेस नोटमार्फत सार्वजनिक गर्ने तयारी भएको उनले बताए।

हाल वीरगञ्ज र आसपासका क्षेत्रमा झाडा–पखालाका बिरामी दैनिक अस्पताल पुगिरहेको र हैजाको संक्रमण थप फैलिन सक्ने सम्भावनाबारे चिकित्सकहरूले सतर्क रहन आग्रह गरेका छन्।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily