Aadarsh-Daily

बहुदरमाईको फुलकौलमा निःशुल्क आँखा शिविर सम्पन्न

ad-4p

पर्साको बहुदरमाई नगरपालिका–७ फुलकौलमा देविमाई युवा क्लबको आयोजनामा निःशुल्क आँखा स्वास्थ्य शिविर सम्पन्न भएको छ।

content ad p2

शिविरमा करिब १५० जनाले आँखा परीक्षण गराउँदा २३ जनामा मोतिबिन्दु देखिएको वीरगन्ज सामुदायिक आँखा अस्पतालका चिकित्सकहरूले जानकारी दिएका छन्।

content left

मोतिबिन्दु देखिएका आँखाका बिरामीलाई ५० प्रतिशतको छुटमा शल्यक्रिया गरिने आयोजक देविमाई युवा क्लबले जनाएको छ ।

आँखा जाँच शिविरमा बहुदरमाई–७ का वडाध्यक्ष बिरेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का युवा नेता निशेष यादव र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता चन्दन यादव विशेष रूपमा उपस्थित भएका थिए।

समाजमा स्वास्थ्य सेवा पहुँच पुर्‍याउन युवाहरूको अग्रसरता सराहनीय रहेको उल्लेख गर्दै नेताहरूले यस्ता कार्यक्रमले ग्रामीण क्षेत्रमा प्रत्यक्ष लाभ पुग्ने बताएका थिए।

स्थानीयवासीहरूले पनि नियमित स्वास्थ्य परीक्षणका लागि यस्ता शिविर निरन्तर सञ्चालन गर्नुपर्ने माग गरेका छन्।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily