Aadarsh-Daily

इजरायली नाकाबन्दीका कारण गाजामा मानवीय सङ्कट थप गम्भीर बन्दै

ad-4p

संयुक्त राष्ट्रसङ्घ (यूएन) र सहायताकर्मी संस्थाहरूले गाजामा भोकमरी भयाभह बनेको चेतावनी दिएका छन् ।

content ad p2
content left

हिजो यूएन सुरक्षा परिषदलाई सम्बोधन गर्दै यूएनका सहायक मानवीय प्रमुख जोय्स मुसुयाले गाजाको उत्तर–मध्य भागमा भोकमरी पुष्टि भएको र अर्को महिनाको अन्त्यसम्ममा देइर अल–बलाह र खान युनिससम्म फैलिने अनुमान गरिएको बताउनुभयो । अहिले पाँच लाखभन्दा बढी मानिस भोक, अभाव र ज्यान जाने जोखिममा रहेको अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराले जनाएको छ ।

सेप्टेम्बरको अन्त्यसम्म यो संख्या ६ लाख ४० हजार नाघ्न सक्ने अनुमान छ । जसमा पाँच वर्षमुनिका एक लाख ३२ हजार बालबालिका गम्भीर कुपोषणको जोखिममा छन् । गाजाको स्वास्थ्य मन्त्रालयले हिजो मात्र १० जनाको भोकमरी र कुपोषणका कारण ज्यान गएको जनाएको छ ।

युद्ध शुरू भएयता गाजामा भोकमरीका कारण ज्यान गुमाउनेको सङ्ख्या तीन सय १३ जना पुगेको र जसमा एक सय १९ बालबालिका रहेको खबरमा उल्लेख छ ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily