Aadarsh-Daily

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

ad-4p

पर्साको वीरगञ्जमा अहिले सम्म एक सय ३६ जनामा हैजा पुष्टि भएको छ । यसमध्ये ५६ जना उपचारपछि डिस्चार्ज भएको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत धनी सिंहले जानकारी दिनुभयो । गएराति थप एक सय १४ जना झाडापखालाका विरामी अस्पताल भर्ना भएका छन् ।

content ad p2
content left

अहिलेसम्म झाडा पखालाका पाँच सय ३९ बिरामीहरु भर्ना भएकोमा एक सय ३६ जनामा हैजा देखिएको हो । दुई सय ८३ जनाको विभिन्न अस्पतालहरुमा उपचार भईरहको छ । झाडा पखालाका दुई सय ५७ जना बिरामी उपचारपछि घर फर्किएको जनस्वास्थ्य अधिकृत सिंहले जानकारी दिनुभयो । महानगरमा हैजा नियन्त्रणका लागि तीनवटै तहका सरकार सक्रिय छन् । जनचेतनामुलक कार्यक्रमहरु पनि भईरहेको स्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।

सरकारले हैजा नियन्त्रणउन्मुख रहेको दाबी गरेको छ । पानीका स्रोतको शुद्धीकरण, जनचेतना र औषधीसहितको दक्ष स्वास्थ्यकर्मीको व्यवस्थापन गर्ने सरकारले नीति लिएको छ । संघीय तथा जनसंख्या मन्त्रालयले जोखिमयुक्त क्षेत्रमा सङ्घीय सरकार, प्रदेश तथा पालिका सरकार र विश्व स्वास्थ्य सङ्गठनको टोली खटिएर काम गरेकाले हैजा नियन्त्रणउन्मुख अवस्थामा आएको जनाएको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily