Aadarsh-Daily

तिलावे अर्गना सिँचाइ आयोजना प्रगतिशील यात्रामा: बाँध–ड्याम निर्माण सम्पन्न, कल्भर्ट अन्तिम चरणमा

ad-4p

पर्साका पर्सागढी नगरपालिकाका पूर्व नगर प्रमुख लोकनारायण यादवले तिलावे अर्गना सिँचाइ आयोजना, एकटंगा, २०७४ सालदेखि विभिन्न चुनौती र अवरोध पार गर्दै निरन्तर प्रगतिशील यात्रामा अघि बढिरहेको जानकारी दिनुभएको छ।

content ad p2

उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराउनु भएको अनुसार, आयोजनाको बाँध र ड्याम निर्माण कार्य पूर्ण भइसकेको छ भने, एकटंगा हुँदै बागेश्वरी–तित्रौना जाने बाँधको नालामा निर्माणाधीन कल्भर्ट अन्तिम चरणमा पुगेको छ।

content left

पूर्व नगर प्रमुख यादवका अनुसार, योजना पूरा भएपछि पर्सागढी नगरपालिका वडा नं. ६ र ७, बहुदरमाई नगरपालिका वडा नं. ४ र ५ का कृषक र स्थानीय बासिन्दाहरू प्रत्यक्ष रूपमा सिँचाइ सुविधाबाट लाभान्वित हुने सुनिश्चित भएको छ।

उहाँले आयोजनाको सफल कार्यान्वयनमा सबै सरोकारवालाहरूको योगदानको प्रशंसा गर्दै भन्नुभयो, “ऐतिहासिक आयोजना सफल बनाउनमा नेताहरु, पूर्व जनप्रतिनिधिहरू, किसान वर्ग तथा स्थानीय समुदायका शुभेच्छुक सहयोगीहरूको उल्लेखनीय भूमिका छ।”

यस परियोजनाले कृषकहरूको उत्पादन क्षमता वृद्धि गर्नुका साथै सिँचाइ अभावबाट उत्पन्न समस्याहरू समाधान गर्ने विश्वास गरिएको छ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily