Aadarsh-Daily

मन्त्री यादव र मेयर सिंहलाई बदनाम गर्न सुनियोजित पडयन्त्र, जोडियो पत्रकारको नाम

ad-4p
content left
content ad p2

 

खानेपानी मन्त्री प्रदीप यादव र वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध टिकटक स्टार एवं स्थानीय कलाकार किरण साहलाई परिचालित गरिएको हालसम्म प्रहरीको अनुसन्धानले पुष्टि गरेको छ।

प्रहरी स्रोतले दिएको जानकारीअनुसार किरण साहले मेयर राजेशमान सिंहसँग पनि कुराकानी गरेर रेकर्ड गरेकी थिइन्। तर, सो कुराकानीको क्रममा मेयर सिंह अत्यन्तै संयमित भएर प्रस्तुत भएका थिए। उनले “तपाईं कुन अस्पतालमा हुनुहुन्छ? म भेट्न आउँछु” भनेपछि किरणले कुरा फेरेर आफू बाटोमा भएको अडियो सुरक्षित गरेकी थिइन्।

किरण साहले खानेपानी मन्त्री प्रदीप यादवसँग कुरा गर्नु अघि रौतहटका सञ्चारकर्मी अभिमन्यु पटेलसँग नियमित सम्पर्कमा रहेकी थिइन्। मन्त्री यादवसँग भएको कुराकानीको अडियो पहिला अभिमन्युले सम्पादन गरेर सामाजिक सञ्जालमा अपलोड गरे र त्यसपछि लिंक किरणलाई शेयर गरेका थिए भन्ने खुलासा भएको छ।

अहिले सामाजिक सञ्जाल दुई खेमामा विभाजित छ। किरण साहको समर्थनमा लेख्नेहरू पनि छन् भने मन्त्री यादवको पक्षमा लिख्नेहरूको पनि कमी छैन। तर नियतबस कसैसँग कुरा गरेर मात्र भाइरल हुने उद्देश्य राखेर गरिएको कामलाई सभ्य समाजले उचित ठहर्याउँदैन।

प्रहरीले यो घटनालाई सम्झाइबुझाई मिलाउने प्रयास नगरेको पनि होइन। तर ज्यान मार्ने धम्की दिएको गल्ती किरणले स्वीकार नगरेपछि प्रहरी मुद्दा चलाउने निर्णयमा पुगेको हो।

खानेपानी मन्त्री प्रदीप यादवले आवेशमा सरकारलाई र मन्त्रीलाई सराप्ने कुरा नेपालमा नौलो नभए पनि आफू ठूलो षड्यन्त्रको शिकार भएको बताए। उनले प्रहरी अनुसन्धानबाट दूध र पानी छुट्टिनेमा आफू विश्वस्त रहेको पनि प्रष्ट पारे।

जल संकटको बेला आफ्नो क्षमता र ल्याकतले भ्याएसम्म सरकार र व्यक्तिगत रूपमा खटेको थिएँ। अहिले हैजाको बेला पनि जनताको सेवामा खटिइरहेको छु। म जनताद्वारा चुनिएको मान्छे हुँ, सधैं उहाँहरूको बीचमै रहने हो, मलाई खोज्न अन्त कतै जानु पर्दैन।

त्यसैले मन्त्री यादवले भने, “किरण साहलाई ‘मोहरा’ बनाएर कुनै अर्को तत्व आफ्नो स्वार्थपूर्तिमा लागेको त छैन? यो प्रश्नले उत्तर पाउनै पर्छ।” अंकुश दैनिकबाट साभार

 

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily