Aadarsh-Daily

बिरगंजमा लायन्स क्लबहरूको संयुक्त आयोजनामा हैजा रोगथाम जनचेतना कार्यक्रम सम्पन्न

ad-4p

लायन्स क्लब बिरगंज सेन्ट्रल सिटी, लायन्स क्लब बिरगंज परिवार र लायन्स क्लब बिरगंज प्रभुको संयुक्त आयोजनामा बिरगंज महानगरपालिका–१५ मा हैजा रोगथाम र सरसफाइसम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न भएको छ।

content ad p2
content left

कार्यक्रममा हात धुने सही तरिका, सरसफाइका उपाय तथा झाडापखाला र हैजाबाट सुरक्षित रहनेबारे घर–घर पुगेर जानकारी गराइएको थियो।

कार्यक्रमको अध्यक्षता सेन्ट्रल सिटीकी अध्यक्ष लायन सुशिला साहले गर्नुभयो भने प्रमुख अतिथि वडा अध्यक्ष रमेश यादव रहनुभयो। परिवारका अध्यक्ष लायन नरोत्तम पाण्डेसहित विभिन्न लायन्स पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन लायन कविता खड्काले गर्नुभएको थियो। औपचारिक सत्रपछि घर–घरमा पुगेर सचेतनामूलक गतिविधिहरू गरिएको आयोजकले जनाएको छ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily