Aadarsh-Daily

बारामा प्रशासनिक र स्थानीय सेवा आइतबारदेखि सुचारु

ad-4p

बाराको जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि सेवा सुचारु गर्ने भएको छ। प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले शनिबार सूचना जारी गर्दै भदौ २३ र २४ गतेको आन्दोलनका कारण रोकिएका सेवाहरू अब पुनः सञ्चालन हुने बताएका छन्। आइतबार बिहान ६ बजेदेखि जिल्लाभर निषेधाज्ञा हटाइएको छ।

content ad p2
content left

यसैबीच, जितपुरसिमरा उपमहानगरपालिकाले पनि आजदेखि सेवा पुनः सुरु गर्ने घोषणा गरेको छ।

उपमहानगरपालिकाका उपसचिव शिवजी प्रसादले जारी गरेको सूचनाअनुसार राष्ट्रिय परिचयपत्रबाहेकका सबै सेवा सञ्चालन हुनेछन्। साथै, विद्यालय तथा शैक्षिक संस्थाहरूमा पठन–पाठन पनि नियमित हुने भएको छ।

तर, आगजनीका कारण क्षतिग्रस्त वडा नं. ११ देखि १६ का कार्यालयहरूको सेवा अर्को सूचना पछि मात्र सुरु हुने जनाइएको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily