Aadarsh-Daily

वीरगञ्जको निषेधाज्ञा स्थानीय प्रशासनले हटायो

ad-4p
content left

जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीपछि वीरगञ्जमा लगाइएको निषेधाज्ञा आज सोमबारदेखि हटाइएको छ ।

गत भदौ २३ र २४ गतेको आन्दोलनमा अराजक समूहले सरकारी कार्यालय, सार्वजनिक सम्पत्ति र सवारीसाधनमा व्यापक तोडफोड तथा आगजनी गरेपछि पर्सा प्रशासनले वीरगञ्जका केही क्षेत्रलाई दङ्गाग्रस्त घोषणा गर्दै कडा निषेधाज्ञा जारी गरेको थियो ।

जिल्ला प्रशासन कार्यालय पर्साले आज विज्ञप्ति जारी गर्दै स्थिति सामान्य बन्दै गएको र आगामी चाडपर्वलाई सहज बनाउनका लागि निषेधाज्ञा हटाइएको जानकारी दिएको छ । प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “हाल परिस्थिति सामान्य बनेकाले शान्ति–सुरक्षा र जनजीवन सहज बनाउन भदौ ३० गते बिहान ४ बजेदेखि निषेधाज्ञा हटाइएको छ ।”

आन्दोलनका क्रममा टेलिकम, आन्तरिक राजस्व कार्यालय, वीरगञ्ज महानगरपालिका लगायतका सरकारी निकायमा ठूलो भौतिक क्षति पुगेको थियो । यस्तै, कैयौँ सवारीसाधनमा आगजनी भएको र कैदीबन्दीसमेत फरार भएको घटनाले परिस्थितिलाई तनावपूर्ण बनाएको थियो ।

प्रशासनले शान्ति–सुरक्षामा खलल पुर्‍याउने गतिविधि नगर्न चेतावनी दिँदै यस्ता कार्यमा संलग्न जो कोहीमाथि कानूनी कारबाही हुने जनाएको छ ।

यसैबीच, जिल्ला प्रशासनले सूचनामार्फत आइतबार देखिनै कार्यालयहरूको सम्पूर्ण सेवा नियमित रूपमा सुचारु भईसकेको  जानकारीसमेत दिएको छ ।

content ad p2

सम्बन्धित खबर

पोखरिया नगरपालिकामा तलबको सकस, महिनौँदेखि कर्मचारीको हात रित्तै

Aadarsh Daily

चक्रवातको प्रभावले भारी वर्षाको सम्भावना, पर्सामा उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह

Aadarsh Daily

एनपीएलमा लुम्बिनीको धमाका, सुदूरपश्चिम ७ विकेटले पराजित

Aadarsh Daily