Aadarsh-Daily

स्वास्थ्य मन्त्रीमा सिफारिस भएकी डा. मिश्राको नाम फिर्ता लिने तयारी

ad-4p

प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य मन्त्रीका लागि सिफारिस गरेकी डा. संगीता मिश्राको नाम फिर्ता लिने तयारी गर्नुभएको छ। मिश्रामाथि भ्रष्टाचारको आरोप रहेको र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गरिरहेको जानकारी पाएपछि प्रधानमन्त्री कार्कीले सो निर्णय गर्न लागेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ।

content ad p2
content left

आइतबार प्रधानमन्त्री कार्कीले मिश्रासहित अन्य चार नयाँ मन्त्रीको नाम सिफारिस गर्नुभएको थियो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा महावीर पुन, उद्योग, वाणिज्य तथा आपूर्ति तथा भूमिसुधार मन्त्रालयमा पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, कृषि मन्त्रालयमा डा. मदन परियार र सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयमा जगदीश खरेललाई सिफारिस गरिएको थियो।

तर, स्वास्थ्य मन्त्रालयका लागि डा. मिश्राको नाम विवादित भएपछि मन्त्रिपरिषद् विस्तार रोकिएको हो। अख्तियारको छानबिनमा परेका व्यक्तिलाई मन्त्री बनाउन खोजिएको भन्दै विभिन्न वृत्तबाट आलोचना भएपछि प्रधानमन्त्री कार्कीले नाम ‘होल्ड’ गर्न निर्देशन दिएको बताइएको छ।

यसैबीच, नयाँ मन्त्रिपरिषद् विस्तारका लागि आज दिउँसो २ बजे शपथग्रहण कार्यक्रम तय गरिएको छ। मिश्राको नाम फिर्ता लिएर नयाँ व्यक्तिको सिफारिस हुने वा हालै सिफारिस गरिएका अरु चार मन्त्री मात्र शपथ लिने भन्नेबारेमा भने स्पष्ट भएको छैन।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily